६ लाख घुससहित इन्जिनियर अख्तियारकाे नियन्त्रणमा


काठमाडौँ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत एक इन्जिनियरलाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार इन्जिनियर (छैटौँ) डिल्ली राज खड्कालाई नियन्त्रणमा लिएको हो ।

खड्कालाई दमक नगरपालिका–१ स्थित खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।