प्रतिनिधि सभामा तीन आयोगका वार्षिक प्रतिवेदन पेस

File Photo

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबार तीन आयोगका प्रतिवेदन पेस गरेकी हुन् ।

मन्त्री गौतमले राष्ट्रिय मानवअधिकार आयोगको अठारौँ  वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय समावेशी आयोगको सातो वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।