सातवटै प्रदेशबाट पार्टीका मन्त्री फिर्ता बोलाउने तयारीमा कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको छ ।

प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार चित्तबुझ्दो नभएको ठहर गर्दै कांग्रेसले सबै प्रदेशमा सहकार्य तोडने निर्णय गरेको कांग्रेसका एक नेताले बताए ।

पटकपटक शीर्ष नेताहरूबीच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने भएको हो ।

बुधबारमात्रै कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो ।