सरकारलाई सर्वोच्चले फेरि भन्यो- ‘कसैको पनि सम्पत्ति विवरण नमाग्नु’


काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि आयोगले सर्वोच्चबाट जारी भएको अन्तरिम आदेशपछि पूर्वन्यायाधीश, सेना र अख्तियारको छानबिनभित्र नपर्नेबाहेक अरूको हकमा सम्पत्ति छानबिन जारी राख्ने सूचना प्रकाशित गरेको थियो ।

आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरम नेपालको अध्यक्ष टोपबहादुर सिंह ठकुरी र लिगल इनोभेसन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्नाभिन्नै रुपमा रिट दायर गरेका थिए ।

रिटमामाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्कालका लागि सबै काम कारबाही रोक्न आयोगका नाममा अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ आउन बाँकी रहे पनि आयोगले सर्वोच्चको पूर्ण इजलासबाट अर्को आदेश नआएसम्म कसैको पनि सम्पत्ति छानबिन र विवरण माग गर्न नपाउने आदेश गरेको फोरमका सचिवसमेत रहेका पूर्वन्यायाधीश युवराज सुवेदीले जानकारी दिए ।