बुटवल । बुटवलको नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल-११ की ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, पोखरा महानगरपालिका-१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका-१ का संजय थारू, भक्तपुर चाँगुनारायण नगरपालिका-१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका-४ का ३८ वर्षीय पासाङ तामाङ र भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।
घर तथा कोठा खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन, साथै ६ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया