बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ


स्याङ्जा – बहुविवाह मुद्दाका फरार प्रतिवादी हरिनास गाउँपालिका-४ बस्ने ४१ वर्षीय किम बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । 

जिल्ला अदालत स्याङ्जाको २०७१ चैत २९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१० राङखोलाबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।