काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीन जनालाई अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।
पक्राउ परेका महेश श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् भने सुशील भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
प्रहरीले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा थप प्रमाण तथा विवरण संकलन गर्न अदालतबाट म्याद थप गरिएको हो।
यस प्रकरणमा सापकोटा गत असोज १४ गते पक्राउ परेका थिए। उनीसँग सम्पर्क तथा सम्बन्ध देखिएको आधारमा प्रहरीले त्यसपछि श्रेष्ठ र भट्टलाई पनि पक्राउ गरेको थियो।
तीनै जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया