काठमाडौं । इलाम कारागारबाट ४८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। स्रोत नखुलेको रकम जेलका नाइके, चौकीदार र एक कैदी गरी ३ जनाबाट बरामद गरेको इलामका सिडिओ लक्ष्मण ढकालले जानकारी दिए । जिल्ला प्रशासन र प्रहरीको टोलीले उक्त रकम बरामद गरेको हो ।
रकमको स्रोत आधिकारिक भए सम्बन्धित व्यक्तिले नै फिर्ता पाउने ढकालले बताए ।
अवैध रकमको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जेलको ७ नम्बर कोठाबाट बरामद रकममा २४ हजार रुपैयाँको भारु नोट पनि रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया