काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीका अनुसार अहिले साँझ करिब १८:२० बजे सडक माथिबाट एक्कासी सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने कार्यमा जुटेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पहिरोका कारण काठमाडौं–पोखरा तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडक खुलाउन सडक विभागसँग समन्वय गरी आवश्यक उपकरणको प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया