शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन खुला


काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार आयोगको अध्यक्षमा एक जना र एक जना महिला अनिवार्य हुने गरी दुई सदस्य नियुक्तिका लागि आवेदन खुला गरिएको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आउँदो साउन १५ गते कार्यालय समयभित्र दरखास्त पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ । उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम, बुझाउनुपर्ने कागजात लगायतका विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक सेवा आयोगको वेबसाइटमा हेर्न सकिने मन्त्रालयले जनाएको छ ।