नागरिक अगुवा पाण्डेको अन्त्येष्टि


काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको अन्त्येष्टि गरिएको छ । शनिबार (साउन २) पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो ।

नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार (साउन १) साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको थियो । पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ता आर्यघाट पुगेका थिए ।

नेकपाका नेता श्रेष्ठले मुलुकको लोकतान्त्रिककीकरण र रूपान्तरण प्रक्रियामा पाण्डेको योगदान अतुलनीय रहेकोे बताए । रासस