काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक(एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ ।




प्रतिक्रिया