सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने


काठमाडौँ । सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले सातामा दुई दिन बिदा दिँदा थपिएकाले अन्य बिदाहरू कटौती गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्यसचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।