काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि सरकारले स्वीकृत गरेको एकीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने भएको छ ।
सरकारका सचिवहरूको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गत असार १८ गते एकीकृत प्याकेजको व्यवस्था गर्ने निर्णय स्वीकृत गरेको थियो ।
जेन–जी आन्दोलनका शहीद परिवार र घाईतेहरूका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८३।३।१८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने गराउने,’ निर्णयमा भनिएको छ ।




प्रतिक्रिया