नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ ।
खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएपछि आधा दर्जन किसान घाइते भएको एक स्थानीयले बताए ।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब ७–८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो ।
भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ ।




प्रतिक्रिया