दाङमा बन्दै गरेको पानी ट्यांकीमा दुई जनाको शव फेला


काठमाडौं । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।