हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी ,कलाकार खतिवडासहित ३ जना पक्राउ


काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन् । विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले ७२ लाखको डिल गर्दै ९ लाख रूपैयाँ लिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा छन् ।