अष्ट्रेलिया उडे बुर्लाकोटी


काठमाडौं, साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

अष्ट्रेलियामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि बुर्लाकोटी सिड्नी प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

उनले त्यहाँ रहँदा प्रवासी नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । बुर्लाकोटी एकसातापछि नेपाल फर्किने कार्यक्रम रहेको छ ।