गुण्डागर्दीमाथि कडाइ गर्दै सरकार,अपराधमा संलग्न १८७१ जनाको प्रोफाइल तयार


काठमाडौं । आपराधिक घटनालाई न्युनिकरणका लागि सरकारले कडा बदम चाल्ने तयारी गरेको छ । नेपाल प्रहरीले गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज(शुक्रबार) पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारिएको हो ।

प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको जनाएको छ । जसमा पटके अभियुक्त र अपराधको कसुर अनुसारका फरक फरक छुट्टयाएर प्रोफाइल तयार पारिएको छ ।