विराटनगर । सुनसरीको देवानगञ्ज बजारमा आज(मंगलबार) राति दोहोरो झडप भएको छ ।
प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ।
दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको फिल्डमा खटिएका एक प्रहरीले बताए । प्रहरीका अनुसार दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन्।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।




प्रतिक्रिया