काठमाडौं । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा भएको घटनापछि अघि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
सरकारसँग पाँच बुँदे सहमति भएपछि सङ्घले आन्दोलनका कार्यक्रम रोक्दै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गरेको हो।
संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा। विश्व राज दवाडीले प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान गरेका हुन्।
आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा गृह मन्त्रालयका पदाधिकारीहरूसँग भएको छलफलमा सङ्घले उठाएका मागका विषयमा पाँच बुँदे सहमति भएको नेपाल चिकित्सक सङ्घले जनाएको छ।
सहमतिपछि सङ्घले आफ्ना शाखा कार्यालय, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आन्दोलनका कार्यक्रम अगाडि नबढाई अस्पतालहरूमा नियमित सेवा प्रवाह गर्न अनुरोध गरेको छ।





प्रतिक्रिया