धनुषाको लक्ष्मीनियादेखि नगराइनसम्म अनिश्चितकालीन कर्फ्यू


जनकपुरधाम । तराई–मधेशमा दुई समुदायबीचको विवादपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो।
जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरेका हुन्। कर्फ्यू अवधिभर तोकिएका क्षेत्रहरूमा कुनै पनि सर्वसाधारणलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको छ। कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न पाइने छैन।आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।