काठमाडौँ । सुनसरीबाट सुरु भएको अशान्ति मधेशका अन्य क्षेत्रमा पनि फैलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूसँग छलफल गरेका छन्। मधेशमा सामाजिक सद्भाव कायम राख्ने र सुरक्षा संवेदनशीलताबारे रणनीति बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको हो।
संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै रास्वपा सांसद मनीष झाले मधेशका करिब २० जना सांसदहरूसँग सभापति लामिछानेले छलफल गरेको जानकारी दिए। मधेशमा उत्पन्न परिस्थितिलाई लिएर सङ्घीय सरकार र सिंहदरबार पर्याप्त संवेदनशील नभएको आरोप उनले लगाए।
सामाजिक सद्भाव खलबलिन नदिन र शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गराउँदै रास्वपाले स्थानीय स्तरमा सद्भाव कायम राख्न पहल गर्ने जनाएको छ।




प्रतिक्रिया