गृह मन्त्रालयमा मुस्लिम आयोगका पदाधिकारी र हिन्दुबादी सङ्घसंस्था छलफलमा


काठमाडौँ । पछिल्लाे समय(कोशी प्रदेशको सुनसरी र मधेसका जिल्लामा) प्रदर्शन बढ्न थालेपछि गृह मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र हिन्दुबादी संघसंस्थाहरुसँग छलफल गरिरहेकाे छ ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले दुवै निकायका अधिकारीहरूसँग मधेस र कोशीको समस्यालाई निकाश दिनेबारे छलफल गरेका हुन् ।

सुनसरी र सिरहामा भएको घटनालाई न्यूनीकरण गर्नेबारे छलफल भइरहेको गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्यले जानकारी दिइन् । छलफलमा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन् ।