गोलबजार घटनाको छानबिन गर्न एसपी रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन


जनकपुरधाम । मधेश प्रदेश प्रहरीले सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको थियो। 

उक्त घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालको कमान्डमा छानबिन समिति गठन गरेको हो । सो समितिमा इन्स्पेकटर यज्ञराज भट्ट र असइ गोविन्द झा समेत रहेको छ ।

समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।