आगामी दिनमा राज्य थप जिम्मेवार बन्नेछ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय मधेशकेन्द्रित जिल्लामा भएको घटनाक्रमबारे सम्बोधन गर्दै राज्य थप जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको बताए ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह वा घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनश्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन उनले अनुरोध पनि गरेका छन् ।

प्रधानमन्त्री बालेनले भने, ‘सरकारी निकायबाट जारी भएका आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गर्दछु ।’

प्रत्येक नागरिकको जीउधान जोगाउनु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कामय राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व रहेको उनको भनाइ छ ।