काठमाडौँ, १५ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष डा हेमराज शर्माले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय र सम्पूर्ण सरोकारवालालाई संवाद, संयम, सहकार्य र आपसी समझदारीका माध्यमबाट अघि बढ्न अनुरोध गरिएको छ ।
सङ्घले पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेको छ । यस्तै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।




प्रतिक्रिया