सिक्री लुटेर भागेका व्यक्तिलाई प्रहरीले गोली हानेर समात्यो


काठमाडौं, साउन १७ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार बिहान करिब २ बजेतिर उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा तामाङलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो।घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यसअघि पक्राउ परी कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए।