सिरहा । स्थानीय सुरक्षा अवस्थामा सुधार आएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो बनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार समग्र सुरक्षा अवस्थाको समीक्षा तथा स्थानीय परिस्थितिको विश्लेषण पछि यो निर्णय लिइएको हो।
कर्फ्यू खुकुलो पारिएको अवधिमा गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दूरीका सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावतमा आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ।
यद्यपि, सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यू खुकुलो भएको समयमा पनि पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने नियमलाई भने यथावत् राखिएको छ।
प्रशासनका अनुसार स्थानीय अवस्थाको निरन्तर अनुगमन भइरहेको छ। थप मूल्याङ्कनका आधारमा कर्फ्यूलाई अझ खुकुलो बनाउने वा पूर्णरूपमा हटाउने भन्ने विषयमा आवश्यकताअनुसार पुनः नयाँ सूचना जारी गरिने सूचनामा उल्लेख छ।




प्रतिक्रिया