काठमाडौं, साउन २२ । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणहरूको परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ के.भी. प्रसारणलाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।




प्रतिक्रिया