काठमाडौं । अर्थविद् तथा राजनीतिज्ञ डा. गोपीलाल न्यौपानेले सम्झौताअनुसार भाडा तिरिसकेपछि रिपोर्टर्स क्लब खोल्नुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भाडा नपाएको भए कति महिनाको भाडा बाँकी हो भन्ने विषय स्पष्ट रूपमा खोजिनुपर्ने तर भाडा पाएपछि बन्द गरिरहनु गलत भएकाे बताए ।
सम्झौताअनुसार भाडा तिरिसक्दा पनि सरकारले रिपोर्टर्स क्लब नखोल्नु प्रतिशोधपूर्ण व्यवहार भएको उनको टिप्पणी थियो । उनले रिपोर्टर्स क्लबलाई एउटा सार्वजनिक आवाजका रूपमा व्याख्या गर्दै लोकतन्त्र निर्माणमा शक्तिशाली भूमिका खेलेर स्थापित भएको महत्वपूर्ण सञ्चार संस्था भएको बताए ।




प्रतिक्रिया