काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित प्रभातफेरी कार्यक्रममा स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाको ओझिलो र आक्रामक नेतृत्वले सिङ्गो कार्यक्रमको ध्यान खिचेको छ। भृकुटीमण्डपदेखि नेपाल प्रज्ञा प्रतिष्ठानसम्म निस्किएको प्रभातफेरीमा अग्रपंक्तिमा खटिएका अध्यक्ष धमलाले वर्तमान बालेन शाह नेतृत्वको रास्वपा सरकारले युवालाई रोजगारी र देशलाई निकास दिन ढिलाइ गर्न नहुनेमा जोड दिएका छन् ।
अध्यक्ष धमलाले चालीस वर्षमुनिकै युवा बालेन शाह देशको प्रधानमन्त्री बन्दा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदासमेत युवाहरूको वास्तविक भावना अहिलेसम्म समेटिन नसकेको गुनासो गरे ।
‘नयाँ सरकार आएपछि युवाको मुहारमा खुसी छाउँछ भन्ने अपेक्षा थियो, तर आज युवाहरू काम नपाएर भौतारिन बाध्य छन्,’ आफ्नै विशिष्ट र ओझिलो शैलीमा स्पष्ट पार्दै धमलाले भने, ‘विदेशबाट युवा फर्काउँछौँ भन्ने रास्वपाको योजना अन्ततः हावादारी गफमा सीमित भइसकेको छ। सरकारले बेलैमा लगानीको वातावरण बनाएर युवालाई सीप र रोजगारी दिनुपर्छ, नत्र युवामा थप निराशा बढ्नेछ र उनीहरु काम र मामको खोजीमा विदेशिन निरन्तर बाध्य भइरहनेछन् ।’
‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत (१ करोड २४ लाखभन्दा बढी) हिस्सा ओगटेको युवा शक्तिलाई राष्ट्र निर्माणमा जोड्न राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा विशेष अभियान सञ्चालन भइरहेको छ।
यद्यपि, अन्तर्राष्ट्रिय दिवसका सभा–समारोहबीच स्वतन्त्र नागरिक अभियानका तर्फबाट ऋषि धमलाले उठाएको युवा रोजगारी र क्षमता अभिवृद्धिको प्रखर आवाज नै दिवसको मुख्य आकर्षण र बहसको केन्द्रबिन्दु बनेको छ।














प्रतिक्रिया