काठमाडौँ । सरकारले रसुवा भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिमको राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
क्षतिपूर्ति रकमका साथै बाढीमा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने र घरबास गुमाएकाहरूलाई सुरक्षित स्थानमा गाँसबासको व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको उनले बताए ।




प्रतिक्रिया