भूकम्प गएर ठुलो पहिरो खसेपछि बाढी आयाे : परराष्ट्रमन्त्री खनाल


काठमाडौँ। आज बिहान रसुवाको भोटेकोसी नदीमा बाढी आएको छ । बाढी धादिङ हुँदै चितवनमा पुगेको छ । बाढीको कारण धरै धनजनको क्षती भएको प्रारम्भिक जानकारी छ ।

यसबारेमा आज बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जानकारी गराएका छन् । उनले बाढीको मुख्य कारण भूकम्प र त्यसपछिको पहिरो भएको बताए ।

मन्त्री खनालले प्राप्त प्रारम्भिक सूचना उद्धृत गर्दै भने, ‘आज बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसका कारण ठुलो पहिरो खसेर नदी थुनिएपछि बाढी आएको देखिएको छ।’

उनले बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र सरकारले तत्काल उद्धार तथा राहतका लागि पहल सुरु गरिसकेको समेत सदनलाई अवगत गराए।