प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने कुलमानका कार्यकर्ता पक्राउ


काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दाहाल छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो ।

उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।

प्रहरीका अनुसार उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध छन् ।