रसुवामा बाढी : ३ सय ८४ जना पर्यटक बेपत्ता


काठमाडौं । आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्।

पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो।

बेपत्ताको अवस्थाबारे सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको बोर्डले जनाएको छ।

घटनापछि पर्यटक तथा यात्रुलाई आवश्यक सहयोगका लागि १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, ११४४ हटलाइन र ९८५१२८९४४५ मा पर्यटक प्रहरीसँग सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।