सरकारले माग्याे बाढीपीडित पहिचानका लागि सिंगापुरसँग सहयोग


काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए ।

अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए ।

जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

उनका अनुसार अहिलेसम्म भारत, चीन, फ्रान्स, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहतका सामग्री प्राप्त भएका छन्।