पत्रकार विश्वमणि सुवेदी रिहा


काठमाडौं । नेपाल प्रेसको न्यूज रुमबाटै पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ । उनलाई केहीबेर अघि ब्यूरोले छाडेको हो ।

प्रहरीले सुवेदीलाई पक्राउ गरी नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खोल्न दबाब दिएको थियो । यस्तै प्रधान सम्पादक मात्रिका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्यूरोमा बोलाएर सोधपुछ गरियो ।

प्रधान सम्पादक पौडेलले समाचारको सबै जिम्मेवारी आफूले लिने बताएपछि पत्रकार सुवेदीलाई रिहा गर्न प्रहरी तयार भएको हो । समाचारको स्रोत खोल्न पौडेलले अस्वीकार गरेका छन् ।