बेत्रावतीकाे एउटै घरमा भेटिए २० भन्दा बढी शव


काठमाडौं, १६ भदौ । नुवाकोटको बेत्रावतीमा भोटेकोसीको बाढीले पुरिएको एउटा घरबाट २० भन्दा बढीको शव फेला परेको छ। मंगलबार खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरको एउटै कोठाबाट २१ वटा र घरबाहिरबाट थप २ वटा शव निकालेका हुन्।

तीनतले घरको माथिल्लो भागमा ती शव फेला परेको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । फेला परेका शवहरूको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनास्थलमा थप खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।