काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। समूहले आगामी २१ देखि २३ मंसिरसम्मका लागि महाधिवेशनको मिति निर्धारण गरेको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको छ। समूहले राष्ट्रियसभा गृह र भृकुटीमण्डपसमेत बुक गरेको छ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यका लागि मतदान खुलामञ्चमा हुनेछ भने पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदान गरिनेछ।
महाधिवेशन प्रतिनिधिहरूका लागि खानाको व्यवस्था गर्न भृकुटीमण्डप बुक गरिएको सदस्यसचिव कार्कीले जानकारी दिए।
देउवा समूहले १५ असोजदेखि वडा अधिवेशन सुरु गरेको छ भने १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने तालिका तय गरेको छ।




प्रतिक्रिया