काठमाडौं । बाढी प्रभावित परिवारलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्क गर्न र आवश्यक सूचना आदानप्रदानमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ।
कम्पनीले विदुर नगरपालिका–८ हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयमा स्थापना गरिएको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो।

उक्त सेवा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
प्रधानाध्यापक श्रेष्ठका अनुसार निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज भएको छ। कठिन परिस्थितिमा प्रभावित परिवारको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर उपलब्ध गराइएको सेवाले शिविरमा रहेका नागरिकलाई राहत पुगेको उनले बताएका छन्
समाजसेवी रमेश श्रेष्ठले पनि विपद्का समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुने भन्दै निःशुल्क इन्टरनेट सेवाले बाढी प्रभावितलाई आफन्तसँग सम्पर्क कायम गर्न सहयोग पुगेको बताएका छन्।
सुविसुले विदुर नगरपालिका–५ पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा समेत निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ। विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित परिवार तथा अन्य नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर सेवा उपलब्ध गराइएको हो।
विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीका अनुसार त्यहाँ रहेका करिब ३०० देखि ४०० जनाले निःशुल्क इन्टरनेट सेवा प्रयोग गर्न पाएका छन्। यसले प्रभावित परिवारलाई आफन्तसँग सम्पर्क गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न सहज बनाएको उनको भनाइ छ।

विपद्का बेला सञ्चार सेवा अत्यावश्यक हुने भन्दै सुविसुले प्रभावित समुदायलाई सम्पर्कमा राख्न नुवाकोटका विभिन्न राहत शिविर तथा बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।




प्रतिक्रिया