त्रिशूली-३ बी को टनेलभित्र अब एक्स्काभेटर जानसक्ने


काठमाडौं। त्रिशूली-३ बीको अडिट २ टनेलमा अब एक्स्काभेटर जानसक्ने भएको छ । नेपाली सेनाका अनुसार आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले तीनवटा बबक्याट र जेनरेटरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ ।

उक्त टोलीले अडिट-२ टनेलबाट एक्स्काभेटर जानसक्नेगरी बाटो सफा गरेको नेपाली सेनाले जनाएको छ। त्रिशूली-३ एमा उद्धारको काम जारी रहेको नेपाली सेनाको भनाइ छ । नेपाली सेनाले हालसम्म ३२ सय ९७ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ ।