काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ। पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज दिउँसो १२:३० बजे उनीहरुबीच भेट भएको हो।
भेटका क्रममा कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको बताए।
उनले कांग्रेसको एकताका लागि आफ्नोतर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए।
सभापति थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह भने समानान्तर महाधिवेशनको तयारीमा लागेको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा केही दिन अघि बसेको बैठकले मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
जसअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, २० गते पालिका, २३ गते प्रदेश र निर्वाचन क्षेत्र एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ। यी निर्णय गरेको बैठकमा पुर्ण बाहदुर खड्का र डा. शेखर कोइराला भने सहभागि भएका थिएन ।




प्रतिक्रिया