काठमाडौं । भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपत प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विगेन नेपाल परिवारले प्रधानमन्त्री दैवी उद्वार कोषमा २६ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरेकाे छ । विहिबार अर्थमन्त्रालयमा नै पुगेर विगेन नेपालका संस्थापक अध्यक्ष प्रकाश श्रेष्ठ र कार्यकारी निर्देशन ज्ञानु गिरी लामिछानेले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयका सचिवलाई चेक दिएर हस्तान्तरण गरेका हुन् ।

विगेन नेपालले देशका ९० भन्दा बढी शाखा बाट निशुल्क कोरियन थर्मल थेरापीको सेवा दिँदै आएको छ । सहयोग गरेको रकम विगेन नेपाल केन्द्रीय कार्यालय, शाखा प्रमुख, कर्मचारी तथा सेवाग्राहीहरुको स्वैच्छिक संकलित रकम भएको विगेन नेपालका निर्देशक मिलन लामिछानेले जानकारी दिए ।

भोटेकोसीको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा धनजनको ठूलो क्षती गरेको छ ।




प्रतिक्रिया