काठमाडौं । सौन्दर्य सामग्री ब्रान्ड मामाअर्थले बाढी प्रभावित परिवारहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

मामाअर्थ नेपालका महाप्रबन्धक सवन जायसवालले गायत्री डिस्ट्रिब्युटर्सका अध्यक्ष महेश कुमार रानासरियासहित अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उनकै कार्यालयमा पुगेर २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरणपछि मामाअर्थ नेपालका महाप्रबन्धक जायसवालले नेपालले लामो समयदेखि मामाअर्थप्रति देखाउँदै आएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै विपद्को समयमा नेपाली परिवारको साथमा उभिनु आफ्नो दायित्व भएको बताए।
“नेपालले वर्षौंदेखि मामाअर्थलाई अपार माया र विश्वास दिँदै आएको छ। दुःख र संकटको यस घडीमा नेपालको साथमा उभिनु हाम्रो कर्तव्य हो भन्ने हामी महसुस गर्छौं,” जायसवालले भने।




प्रतिक्रिया