कवाड समाज नेपालद्वारा बाढीपीडितलाई राहत वितरण


काठमाडौं । भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण प्रभावित परिवारलाई कवाड समाज नेपालले राहत सामग्री वितरण गरेको छ।

समाजका अध्यक्ष राम केवल गुप्ताको नेतृत्वमा टोली त्रिशूली पुगेर बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई चाउचाउ, बिस्कुट, फ्रुटीलगायत खाद्यान्न सामग्री वितरण गरेको हो।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए।

कवाड समाज नेपालले यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत समेत बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको थियो।