काठमाडौँ । भोटेकोशीमा बाढीले मानिसहरू बगाएको विषयमा खुसी व्यक्त गर्दै भिडियो बनाएर फेसबुका पोष्ट गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।
साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीका अनुसार उनलाई भदौ २० मा पक्राउ गरेर अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
आरोपीले विभिन्न जातिहरूलाई लक्षित गर्दै उनीहरूलाई बगाउँदा राम्रो भएको र जनसङ्ख्या घटेको अभिव्यक्ति दिएका थिए ।




प्रतिक्रिया