काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको समितिका सदस्यसचिव राजु कटुवालले बताए। बैठकमा निर्वाचन सम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुने उनको भनाइ छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको थियाे।




प्रतिक्रिया