काठमाडौं, भदौ २५ । आज देशभर साधारणतया बादल लाग्नेछ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।




प्रतिक्रिया