काठमाडौं । नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो ब्रिज जडान गरेको छ ।
भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण क्षति भएको सडक तथा पुल पुनर्निर्माणको क्रममा उक्त पुल जडान गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार, ५७.९ मिटर लम्बाइ, ५.५ मिटर चौडाइ रहेको उक्त एक्रो ब्रिजको अधिकतम भार वहन क्षमता ६० टन छ ।
उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत, सवारीसाधन आवागमन तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने सेनाले जनाएको छ ।




प्रतिक्रिया